नेकपा एमालेले ‘मिसन ग्रासरुट’ कार्यक्रम काभ्रेमा शुरुवात गरेको छ । संगठन विस्तार र सुदृढिकरणका लागि लागि भन्दै एमालले गाउँ–गाउँमा पुग्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो ।
दुई महिना लामो अभियानको रुपमा ‘मिसन ग्रासरुट’को लागि केन्द्र र जिल्ला स्तरीय नेताहरुको कार्यविभाजन समेत गरेको एमाले काभ्रेले जनाएको छ ।
‘मिसन ग्रासरुट’को क्रममा पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक र अन्तक्र्रिरया गर्ने एमालेले जनाएको छ । यससँगै पार्टी भित्रको अन्तर्विरोध बुझ्ने, स्थानीय तहको समस्या बुझ्ने र हल गरिने भएको छ ।
काभ्रेमा ६ जना केन्द्रीय सदस्यलाई खटाइएको एमाले काभ्रेले जनाएको छ । जस अनुसार पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल पनौती नगरपालिका, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा खटिनेछन् । यस्तै केन्द्रीय कमिटी सदस्य गणेश पहाडी बेथानचोक र रोशी गाउँपालिका, केन्द्रीय कमिटी सदस्य विद्यासुन्दर शाक्य बनेपा र धुलिखेल नगरपालिकामा खटिनेछन् । यस्तै केन्द्रीय कमिटी सदस्य नारायण सिलवाल चौरीदेउराली र भुम्लु गाउँपालिका, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा केन्द्रीय सदस्य यमवहादुर परियार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा खटिनेछन् ।
यस अघि एमाले काभ्रेको पूर्ण बैठकले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु पनि पालिका र वडास्तरसम्म परिचालन गर्ने निर्णय गरिएको थियो ।
यस्ताे छ जिम्मेवारी:

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















