नेपाल आदिवासी जनजाति पत्रकार महाससंघ (फोनिज) काभ्रेका सदस्यहरुबीच आफ्नो संस्थाको विधानबारे छलफल भएको छ । फोनिजको नीति तथा बिधान सम्मेलनमा सुझाव पठाउन बनेपाको मान्द्रो रेष्टुरेन्टमा शुक्रबार एक भेलाको आयोजना गरी छलफल गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा फोनिजका केन्द्रीय सदस्य एव बागमती प्रदेश इन्चार्ज पेमा लामाले फोनिजको नीति तथा विधान सम्मेलनमा जिल्लाहरुको सुझावलाई उचित सम्बोधन गर्दै महत्वपूर्ण सुझावहरुलाई नीति तथा विधानमा समेट्ने प्रतिबद्धता जनाए ।

आदिवासी जनजाति पत्रकारहरुको हितको नीति तथा बिधान निर्माणका लागि बागमती प्रदेशले पनि भेला राखेको बागमती प्रदेश सचिव शिशिर लामाले जानकारी दिए ।

यसैबीच प्रेस सेन्टर, नेपालका केन्द्रिय सचिव ग्याम्जो थोकरले फोनीजको विधान आफैमा उत्कृष्ट रहेको बताउँदै अझ राम्रो बनाउन तिर लाग्नुपर्नेमा जोड दिए । साथै थोकरले विधानको प्रस्तावनामा आदिवासी जनजाति आन्दोलन लगायत जातिय विभिन्न मुक्ति आन्दोलनमा बलिदान गरिएका शहिदहरुको बलिदानको उच्च मुल्यांकन हुनेपर्ने बताए ।

कार्यक्रममा फोनिजका पूर्व अध्यक्ष उजाड रक्तिम, मण्डनदेउपुर नगरपालिका ११ का वडाध्यक्ष तथा फोनिजकर्मी दिपेन्द्र लामा, तामाङ पत्रकार संघका वागमती प्रदेश सचिव जगतमान वल, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य बुद्धकुमार श्रेष्ठ, तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङ, नेवा पत्रकार राष्ट्रिय दवुका सचिव बिपस्ना शाक्य, जित बहादुर लामा लगायतका अतिथिहरुको सहभागी थियो ।

फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन फोनिज काभ्रेका सचिव सुरज श्रेष्ठले सन्चालन गरेको थिए ।

फोनिजले आगामी फागुन २७ र २८ गते मधेस प्रदेशमा नीति तथा बिधान सम्मेलन राखेको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला