काभ्रे जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कुलको २२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ । बनेपा–८, मा रहेको सो विद्यालयले बिभिन्न कार्यक्रम गरी वार्षिकोत्सव एवं अभिभावक दिवस मनाईएको हो ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य पुर्णकुमार श्रेष्ठ, प्याब्सनका जिल्ला अध्यक्ष श्याम बहादुर भुजेल, शिक्षक नेता दुर्गा सिं तामाङ, विद्यालयका निर्देशक कृष्ण भण्डारी, प्रधानाध्यापक श्रीकृष्ण श्रेष्ठलगायतका अतिथिहरुको सहभागी थियो ।

कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले बिभिन्न गायन, नृत्यलगायतको प्रतिभाहरु प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा एसईई उतिर्ण विद्यार्थीहरुको बिधाई र बिभिन्न प्रतियोगितामा विजयीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।