काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हजार सिं लामाले माटोको नमुना संकलनको लागि वडाका किसानहरुलाई आव्हान गरेका छन् । माटो परिक्षण कार्यक्रमको लागि भन्दै वडा अध्यक्ष लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आव्हान गरेका हुन् ।

वडा नं ५ को आ.ब. २०७९÷८० को वर्षिक स्वीकृत कार्यक्रम माटो ‘परिक्षण घुम्ती शिविर कार्यक्रम’ अन्तर्गत माटो परिक्षण गर्न लागिएको वडा अध्यक्ष लामाले जारी विज्ञप्तिमा भनिएको छ । उनका अनुसार यसका लागि मिति फागुन २५ गते देखी माटोको नमुना संकलन कार्यक्रम रहेको छ । नमुना संकलन गर्न आएका कृषि प्राविधिकहरुलाई आवश्यक सहजिकरण गरिदिन हुन सम्बन्धित सबै कृषकहरुलाई उनले अनुरोध समेत गरेका छन् ।

माटो परिक्षण पछि किसानहरुलाई उत्पादन कार्यमा थप सहयोग पुग्ने अध्यक्ष लामाको आसा छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।