काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा सहिद सप्ताह कार्यक्रम सम्पन्न भएको छ । माओवादी जनयुद्ध र झापा विद्रोहका सहिदहरुको संझनामा माओवादी केन्द्रले मनाउँदै आएको सहित सप्ताह तेमाल गाउँपालिकोको विभिन्न वडाहरुमा विविध कार्यक्रमका साथ मनाएको हो ।

जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलको हत्या भएको दिन फागुन १४ गते र झापा विद्रोहका ५ जना सहिदहरुको हत्या गरेको दिन फागुन २१ गतेलाई सहिद सप्ताहको रुपमा माओवादी पार्टीहरुले मनाउँदै आएको छ ।

सोही क्रममा तेमाल गाउँपालिका वडा नं. ८ र ९ मा फागुन २१ गतेका दिन सहिद सप्ताह कार्यक्रम सम्पन्न भएको छ ।

सहिद सप्ताह कार्यक्रममा प्रमुख अतिथिको रुपमा माओवादी केन्द्रका वागमती प्रदेश सचिवालय सदस्य तथा तेमाल गाउँपालिका कमिटीका इन्चार्ज दलमान थोकर थियो भने अतिथिहरुमा तेमाल गाउँपालिका कमिटीका अध्यक्ष लालध्वज तामाङ, उपाध्यक्ष डिलबहादुर थोकर, चलाख सिङ तामाङ, लालबहादुर तामाङ, वाइसिएल काभ्रेका अध्यक्ष लनामसिं लामा, गाउँपालिका सचिव लक्ष्मीबहादुर घिसिङ, गाउँपालिका कार्यालय सदस्य तथा वडा नं. ९ का इन्चार्ज चन्द्रबहादुर लामा लगायतका थियो ।

कार्यक्रममा शहिद परिवारहरुलाई सम्मान समेत गरिएको थियो । वडा नं. ९ मा कान्छा लामा, च्याङबा लामा, लनाम तामाङ, सिंगबाहदुर तामाङ, प्रेमबहादुर तामाङ, शुक्रा तामाङ, बुद्धिबहादुर दोङ, बुद्धिमान घिसिङ सहित ८ जना सहिद भएको थियो भने कान्छा ब्लोनलाई बेपत्ता पारिएको थियो । त्यसैगरि वडा नं. ८ मा रीता तामाङ, कल्याण तामाङ र सुवासचन्द्र मैनाली सहिद भएका थिए ।

वडा नं. ८ को कार्यक्रम वडा कमिटी अध्यक्ष जलापसिं तामाङको अध्यक्षतामा र वडा सचिव ईश्वरी तामाङको सञ्चालनमा भएको थियो । त्यस्तै वडा नं. ९ को कार्यक्रम वडा कमिटी अध्यक्ष जगतलाल तामाङको अध्यक्षतामा र वडा सचिव कान्छा लामाको सञ्चालनमा र वड सहसचिव राेशन तामाङले स्वागत गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।