काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विषयगत शिक्षकलाई प्रोत्सहित गर्ने कार्यक्रम घोषणा गरेको छ । गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै शिक्षक तथा विद्यार्थी प्रोत्साहन कार्यक्रमको घोषणा गरेको हो ।

गाउँपालिकाको शिक्षा समितिको मिति २०७९।११।२१ को निर्णय अनुसार शैक्षिक सत्र २०७९ मा गाउँपालिकावाट माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागि भई तोकिएको उत्कृष्ठ नतिजा हासिल गर्न सफल शिक्षक र विद्यार्थीहरुलाई प्रोत्साहन रकम पुरस्कृत गरिने गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले जानकारी दिए ।

अध्यक्ष भुजेलका अनुसार A+ हासिल गर्ने विद्यार्थीहरु १ लाख रुपैयाँ, पालिका उत्कृष्ट एक छात्र र एक छात्रालाई १ लाख रुपैयाँ र विद्यालयगत औसत गणना गर्दा उत्कृष्ठ नतिजा ल्याउन सफल विषय शिक्षकलाई २५ हजार रुपैयाँ प्रोत्साहन रकम दिनने छ ।

शिक्षक विद्यार्थी प्रोत्साहन कार्यक्रमले विद्यार्थी र शिक्षकमा प्रोत्साहन मिल्ने र गुणस्तरीय शिक्षामा टेवा पुग्ने विश्वास अध्यक्ष भुजेलको छ । यो कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।