नेकपा (माओवादी केन्द्र), काभ्रेको संगठन तथा जनसम्वन्ध सुदृढ अभियान मंगलबार उद्घाटन गरेको छ । पार्टी केन्द्रको योजना अनुसार सञ्चालन हुन लागेको अभियानको पार्टी महासविच देव गुरुङले एक कार्यक्रमका बीच गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै महासचिव गुरुङले जनतासँगको सम्बन्ध सुदृढ गर्न र पार्टी भित्र सुद्धिकरण गर्नका लागि अभियान सञ्चालन गरेको बताउँदै अभियानमा स्वयंसेवक भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्ड विरुद्ध लगाएको मुद्दा परिवर्तन विरोधी र प्रतिगामीहरुको हर्कत बताउँदै यसको विरुद्धमा सबै माओवादीहरु एक ढिक्का भएर लड्न आवश्यक रहेको औल्याए ।

त्यसैगरि माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङले आत्मालोचना सहित जनता र कार्यकर्तामा जाने ठूलो अवसरको रुपमा अभियानलाई लिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा केन्द्रय सदस्य तथा संघीय सांसद, मिना तामाङ, पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सांसदहरू रत्न ढकाल, रुकु चौलागाईं, केन्द्रिय सदस्यहरु कृष्ण अधिकारी, भरत लामिछाने, तेजबहादुर मिजार, बैकल्पिक केन्द्रीय सदस्यहरु गंगाबहादुर तामाङ, दिननाथ गौतम लगायतका अतिथिहरु रहेको थियो ।

कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक भोला अर्यालले गरेका थिए भने सञ्चालन जिल्ला सचिव दैवलाल घिसिङले गरेका थिए । कार्यक्रममा विभिन्न पालिकाबाट पालिका पदाधिकारी स्तरका कार्यकर्ताहरुको सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।