काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङले प्राविधिक स्टामेट अनुसारको काम गर्न निर्देशन दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष तामाङले यस्तो निर्देशन दिएका हुन् ।

वडामा भौतिक बिकास पुर्बाधार कार्यक्रममा सहयोग पुर्‍याउन, कमिकम्जोरी हुन नदिन वडा कार्यालय समितिले अनुगमन गरिरहेको उनले बताएका छन् । ‘वडा समितिले टोली बनाई अनुगमन गर्ने, के के हुँदैछ ? ठूलोपर्सेल योजनाको उपभोक्ता समितिहरुलाई यो सूचनाबाट जानकारी गर्न चाहन्छु साथै प्राविधिक टोलिले निक्लेको इस्टमेट अनुसारको काम हुनुपर्नेछ ।’ वडाध्यक्ष तामाङले भने, ‘दिनदिनै वडा समितिले पछ्याउने र गल्ती हुन नदिने ठूलोपर्सेललाई समृद्धि परिवेश निर्माण गरिनु पर्दछ । उपभोक्ता समितिको कमी कमजोरी भएमा तत्काल, सम्वन्धित स्थानमा नै सुधार गर्न सहयोग गर्ने प्रणाली र वातावरण निर्माण गर्न छौं । ठूलोपर्सेलका जनताहरुको सल्लाह सुझाव दिई हामी वडा कार्यालयलाई सहयोग गरिदिनुहुन अनुरोध छ ।’

विगतको कमीकमजोरीबाट पाठ सिक्दै वडालाई समृद्ध बनाउन आफूहरु जनताकै काखमा रहेको समते उनले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।