नेकपा (एमाले) निकट राष्ट्रिय युबा संघ नेपाल तेमाल गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार एमाले जिल्ला पार्टी कार्यालय बनेपामा एक सकार्यक्रमका बीच अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले उर्गेन लामाको अध्यक्षता १९ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा रत्न लामा, सचिवमा सुजन लामा, कोषाध्यक्षमा स्मिम बहादुर लामा, उपसचिवमा सबिन लामा, र सङ्दुप लामा सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरि अधिवेशनले सदस्यहरुमा सुमन श्रेष्ठ, जिरा तामाङ, रोशन तामाङ, दिल्लिमान तामाङ, अजय तामाङ, कुमार तामाङ, बिजय तामाङ, रोशन तामाङ, शेर बहादुर तामाङलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि एमाले जिल्ला सचिवालय सदस्य तथा तेमाल इन्चार्ज जेनिस लामा, अतिथिहरुमा एमाले तेमालका अध्यक्ष इन्द्रमान तामाङ, युवा संघ केन्द्रिय सदस्यहरु लाक्पा लामा, खुसराज लामा, युथफोर्स बाग्मती प्रदेश सदस्य शुक्र लामा, तेमाल गाउँपालिका कमिटीका उप–सचिव सुकमान तामाङ, सचिवालय सम्तेन लामा रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।