काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले १० वर्षे जनयुद्धका सहिद र जग्गादाता सम्मान गरेको छ । मंगलबार गाउँपालिकाको छैठौं स्थापना दिवसको अवसरमा जनयुद्धका सहिदहरु र भुम्लु आधारभूत अस्पताल, भुम्लु स्वास्थ्य चौकी र विद्यालय निर्माण लागि जग्गादान गर्नेहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व श्रम राज्यमन्त्री गोविन्दनाथ उपे्रति, पालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङ ‘दावा’ले खादा र अबिर लगाई सम्मान पत्र प्रदान गरेका थिए ।
छैठौं स्थापना दिवसको अवसरमा पुर्व श्रम राज्यमन्त्री उप्रेतीले अधिकार बिहिन अवस्थामा रहेको पालिका अहिले स्थानीय सरकारको अधिकार र दायित्व बोध गर्न सक्ने अवस्थामा पुगेको बताए ।

‘हिजोपनि स्थानीय निकाय थियो, तर, त्यो अधिकार बिहिन र कार्यक्रम गर्ने आयोजकको रुपमा मात्र सिमित थियो,’ उनले भने ‘केन्द्रबाट आएका कार्यक्रमहरु मात्र गर्नु पर्दथ्यो, तर आज आफै कार्यक्रम बनाउने, व्यवस्थापन गर्ने अधिकार पाएको छ ।’

गाउँपालिका अध्यक्ष भुजेलको कार्यक्रमको अध्यक्षता गर्दै हिजो जिम्मेवारी लिनेबेला तछाड–मछाड गर्नेहरुले जिम्मेवारी बहन गर्ने कति सक्यौ ? भन्ने कुराको मुल्यांन हुन जरुरी रहेको बताए ।

कार्यक्रममा उपाध्यक्ष तामाङले अहिले भुम्लुलाई देशैभरी चिनिने, देखिने, सुनिने र अनुभुत गर्न सकिने गरी काम गर्ने बताउँदै कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको हवको रुपमा बिकास गर्न पहल गर्ने र यसको लागि सबैको सहयोगको खाँचो रहेको बताए ।

प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निवर्तमान पालिका प्रमुख गुमानध्वज कुँवर, उपप्रमुख कल्पना कुमारी श्रेष्ठ, सुरेश कक्षपति, वडाध्यक्ष मोतिलाल तामाङ, कमलराज गिरी, बलबहादुर तामाङ, तोरणबहादुर क्षेत्री, प्रेम लामा, चन्द्रबहादुर लामा, नारायण उप्रेती, अन्चल कुमार लामा लगायतका वक्ताहरुले भुम्लु सरकारको सफलताको शुभकामना राखेका थिए ।

यी हुन् सम्मानित हुने जग्गादाताहरु

छैठौं स्थापना दिवसको अवसरमा सम्मानित हुनेहरुमा वडा नं. १ को विद्यालय भवन निर्माण लागि जग्गा प्रदान गर्ने स्व. शंकरप्रसाद उपाध्याय ढुंगाना, वडा नं. ३ को स्वास्थ्य चौकी निर्माणको लागि जग्गा प्रदान गर्ने बलराम खत्री, वडा नं. ४ को विद्यालयको लागि जग्गा प्रदान गर्ने स्व. कृष्णप्रसाद पराजुली, जेसुन तामाङ, सिंहमान तामाङ, रणबहादुर पहरी, दिलबहादुर पहरी, दोर्जे तामाङ, वडा नं. ५ को भुम्लु स्वास्थ्य चौकी निर्माणका लागि जग्गा प्रदान गर्नेहरु खड्गबहादुर तामाङ, ठूलीमाया तामाङ, कुलबहादुर तामाङ, कृष्णबहादुर तामाङ, ठकु तामाङ, स्व. धनबहादुर तामाङ, चन्दरी तामाङ, गणेश तामाङ, स्व. चतुरमान तामाङ, स्व. बुद्ध स्यांबो लामा, स्व. ठुले लामा, काजीमान लामा, स्व. कृष्णबहादुर लामा रहेका छन् ।

यसैगरी वडा नं. ८ मा आधारभूत अस्पताल निर्माणका लागि आनन्दरमण उप्रेती, सरस्वती उप्रेती, योगमाया उप्रेती, प्रकाश मा.वि., स्व. सुकुमान तामाङ, मेजरमान तामाङ, राम तामाङ, तेन्जिङ तामाङ, बलराम खरेल, योगमाया खरेल, कुमार प्र. खरेल, रमेश खरेल, देवलक्ष्मी खरेल विष्णुमाया खरेल, निर्मला खरेल, शिवप्रसाद खरेल, माझी तामाङ, कान्छीमाया तामाङ, कृष्णप्रसाद पराजुली, चिनीमाया तामाङ, सानुकान्छी तामाङ, ज्ञानबहादुर तामाङ् सम्मानित भएका छन् ।

यी सम्मानि हुने जनयुद्धका सहिदहरु

यसैगरी जनयुद्धको सहिदहरु कृष्णप्रसाद पराजुली, नारायण अधिकारी, नेत्रबहादुर श्रेष्ठ, सुजनबहादुर वि.क., ठूलो कान्छो वि.क., श्याम पहरी, शिव पहरीलाई पनि सम्मान गरेको छ ।

त्यसैगरि विपद्को बेला सहयोग गर्ने समाजसेवीहरु ताराबहादुर कुँवर, रञ्जित श्रेष्ठ, तरुण दल काभ्रे, नेपाल विद्यार्थी संघ काभ्रे, रामहरि खड्का र बालकलाकार आयुषा गौतमलाई सम्मान गरेका थिए । पूर्व जेष्ठ जनप्रतिनिधि कृष्णवीर लामालाई पनि सोही अवसरमा सम्मान गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।