काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कविता प्रतियोता सम्पन्न भएको छ । बुधबार ‘लैङ्गकि समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ अन्तर्राष्ट्रिय रुपमै महिलाहरुले अधिकार पाएको दिनको रुपमा नारी दिवस मनाउँदै आएकोमा महिलाहरुलाई अधिकार सम्पन्न बनाएर मात्र यो दिवसको सार्थकता हुने विचार व्यक्त गरे । महिलाहरुको अधिकार स्थापित गर्ने कुरा र महिलाहरुमा भएको प्रतिभालाई बाहिर ल्याउन कविता प्रतियोगिताले टेवा पुग्नेमा अध्यक्ष तामाङले विश्वास व्यक्त गरे ।

उपाध्यक्ष दलमान थोकरको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, वडा नं. ५ को वडाध्यक्ष हजार सिं लामा तामाङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायतका सहभागी थियो ।

प्रतियोगितामा शिक्षिका उमा मोक्तान प्रथम, शिक्षिका अञ्जु अधिकारी द्वितिय, संगीता मैनाली तृतिय र चाँदनी तामाङ चौंथो भएका थिए । विजेताहरुलाई गाउँपालिका अध्यक्ष तामाङले नगद सहित प्रमाणपत्र प्रदान गरेको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षिकाहरु, महिला स्वयम् सेविकाहरु, कर्मचारीहरु र स्थानीय महिलाहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमकाे सञ्चालन न्यायिक समितिका सहजकर्ता सरस्वती त्रिपाठीले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























