माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेको पाँचौं जिल्ला सम्मेलन बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सम्मेलनले चेत लामाको अध्यक्षतामा जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
सम्मेलनले उपाध्यक्षमा राम चन्द्र चौलागाईं, सचिवमा दिलिप जिम्बा, कोषाध्यक्षमा अर्चना अस्तानी निर्विरोध निर्वाचित भएको छ । सदस्यहरुमा होम ब. वाईवा, तिर्थनाथ गौतम, बसन्त मोक्तान, मेनुका गौतम, मोहन प्रसाद गुरागाईँ, अनिक लामा, सुदर्शन तिमल्सिना, हिरा अस्तानी, शिवप्रसाद पाण्डे, गणेशमान गुरुङ, टोप प्रसाद अधिकारी, अञ्जना लामा, सानु माया लामा, ऋषिराम खनाल, प्रविण लामा, विष्णु पराजुली, केशर खनाल, सुशीला लामा निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रमको उद्घाटन माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















