काभ्रे जिल्लाको तेमाल गाउँपालिका भित्रका मेललिापकर्ताहरुका लागि पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले एक समारोहका बीच उद्घाटन गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तामाङले स्थानीय विवादहरुको अन्त्य गरेर मेलमिलाप कार्यमा मेलमिलापकर्ताहरुको महत्वपूर्ण भूमिका रहेको बताए । सामान्य विवादमा पनि प्रहरी प्रशासन र अदालत धाउने र विवादले झगडाको रुप लिने गरेकोमा विवाद अन्त्य गर्ने र समाजमा मेलमिलापको संस्कार विकासमा मेलमिलापकर्ताहश्रुले खेलेको भूमिकाको अध्यक्ष तामाङले प्रसंसा गरे ।
“हाम्रो समस्या, हाम्रै समाधान” भन्ने मुल नाराका साथ सम्पन्न भएको कार्यक्रम गाउँपालिका उपाध्यक्ष दलमान थोकरको अध्यक्षतामा भएको थियो भने तेमाल गाउँपालिकाको कानुनी सल्लाहकार तथा अधिवक्ता देवकुमार मोक्तान र अधिवक्ता उमा थापाले सहभागीहरुलाई डिजिटल प्रविधिको प्रयोग गरि प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, वडा नं. ५ को वडा अध्यक्ष हजार सिं तामाङ, वडा नं. ७ को वडा अध्यक्ष तथा तेमाल गाउँपालिकाको प्रवक्ता इन्द्रलाल तामाङ, वडा नं. १ को वडा अध्यक्ष इन्द्र बहादुर अधिकारी लगायतका अतिथिहरुको सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















