नेकपा (एमाले)को भातृ संगठन संगठन राष्ट्रिय युवा संघ नेपालको हालै सम्पन्न भए लगत्तै असन्तुष्टि बाहिर आएको छ । विशेष गरि एमाले काभ्रेको इन्चार्ज गोकुल बाँस्कोटाको निर्देशनमा जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले ५८ सदस्यीय जिल्ला समिति चयन भएको घोषणा गरेपछि यो असन्तुष्टि बाहिर आएको हो ।
बन्द सत्रमा पदाधिकारी चयनको चर्को बहस चलिरहेको अवस्थामा एक्कासी अध्यक्ष ब्याञ्जुले आफ्नो खल्तीबाट कागज निकालेर बाचन गरेको युवा संघका एक कार्यकर्ताले बताए ।
संघको दशौं अधिवेशनको उद्घाटन गोकुल प्रसाद बास्कोटाले गरेका थिए । उद्घाटन सम्पन्न पश्चात बन्द सत्र शुरु भएपछि विभिन्न पालिकाका भुगोलबाट आएका प्रतिनिधिहरुले पदाधिकारीसँगै सदस्यका लागी मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गर्ने क्रममा क्रमश अध्यक्षका लागी धुलिखेल नगरपालिका बाट ईश्वर वल्लव सापकोटा र रोशी गाउँपालिका बाट मिलन सागर लामाले उम्मेद्वर दर्ता गरेका थिए ।
त्यसै गरी उपाध्यक्षमा गणेश गुरुङ (बनेपा), झलक सिङ तामाङ(तेमाल), रुपक रायमाझी(तेमाल), प्रताप लामा(पाँचखाल), सचिवको लागी छेडुप तामाङ(नमोबुद्ध), सि. वि. तामाङ (धुलिखेल), कोषाध्यक्षका लागी रमेश बुढाथोकी (बनेपा) र दिनेश लामा (पाँचखाल) बाट मनोनयन दर्ता गरेका थिए ।
दर्ता भएका उम्मेद्वराहरुलाई निर्वाचन मन्डलले अन्तिम समय सम्म सहमतिय प्रणालिबाट पदाधिकारी चयन गर्ने प्रयास असफल भएको थियो ।
करिव रातको १० बजेसम्म पनि सहमति हुन नसके पछि अध्यक्ष मण्डल र निर्वाचन मण्डल्लले एकाएक कार्यक्रम स्थगित भएको घोषणा गरे ।
मध्यरातमा बन्दसत्र रोकेको घोषणा गरेपछि प्रतिनिधिहरु समस्यामा त परे परे भोली पल्ट आफ्नो भुगोलबाट प्रतिनिधित्व गरेर पदाधिकारीका लागि मनोनयन दर्ता गरी पठाएका युवारुको सहजिकरण र सहमति गर्ने अथवा निर्वाचन प्रणालिमा जने ? कुनै जानकारी नै नदिएको बताइएको छ । कसैलाई सूचना नै नदिई आईतवार साँझ बन्दकोठाबाट पदाधिकारीहरु सहित अन्य सदस्यहरुको नामावली सामाजिक सन्जालमा सार्वजनिक भएपछि प्रतिनिधिहरु नै अचम्मित भएको एक कार्यकर्ताले बताए ।
आयोजक प्रतिनिधि रु. १००० र पालिका र वडाबाट आएका प्रतिनिधिहरुबाट रु. ५०० शुल्क लिएर पदाधिकारी देखी सदस्य सम्मका लागी रु. ५००० देखी ५०० सम्म मनोनयन दर्ता शुल्क लिई जिल्लाभरिबाट प्रतिनिधि बोलाएर मनोनयन दर्ता गराए तर बन्द कोठाबाट जिल्ला कमिटी घोषणा गरेकोमा युवा संघका कार्यकर्ताहरु आक्रोशित भएका छन् ।
‘यी सबै प्रकृयाहरु हेर्दा राष्ट्रिय युवा संघ नेपालले पैसा असुल्न र नेताको भाषण सुन्नको लागी मात्रा प्रतिनिधि बोलाएको नियत स्वतस् देखिन्छ । पैसा बुझाउन र भाषण सुन्न बाहेक प्रतिनिधिको कुनै भूमिका पनि रहेन ।’ एक कार्यकर्ताले भने, ‘राष्ट्रिय युवा संघ नेपाल जस्तो गौरवशाली संगठन काभ्रेले यसो गरिरहदा निर्वाचन गर्न के कुराले रोक्यो ? भन्ने गम्भिर प्रश्न खडा भएको छ । पदाधिकारी बन्दसत्र बाट छनौट गर्ने कि बन्द कोठाबाट गर्ने ? नेताकै गोजिबाट कार्यकर्ता भर्ती गर्ने हो भने काभ्रेको दुर दराजबाट प्रतिनिधि बोलाएर जिल्लामा किन अलपत्र छोडे ?’
पार्टी नेत्रित्वले संगठन माथि निरंकुस्ता लादेको भन्दै असन्तुस्ट पक्षले पत्रकार सम्मेलन गरी युवासंघ केन्द्रिय कार्यालयमा निवेदन दिने तयारी समेत रहेको असन्तुष्ट पक्षले बताएका छन् ।
काभ्रेमा नेता बाँस्कोटा र अध्यक्ष ब्याञ्जुको निरंकुशताका कारण काभ्रे एमालेमा विद्रोहको तयारी गरिरहेको बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















