काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ का जेष्ठ नागरिक र दिर्घ रोगीहरुलाई निःशुल्क औषधि वितरण गर्ने भएको छ । वडा अध्यक्ष प्रेमबहादुर लामाका अनुसार जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा आमा सुरक्षा निःशुल्क क्याल्सियम र अपाङ्ग तथा दीर्घ रोगीहरुलाई नियमित प्रयोग हुने औषधी वितरण गर्ने योजना रहेको छ ।
चैत्र ३ गतेदेखि ७ गतेसम्म यो कार्यक्रम सञ्चालन गर्न लागेको वडा अध्यक्ष लामाले जानकारी दिए । नागरिकको स्वास्थ्यमा वडाले गर्न सक्ने सेवा गर्ने लामाले बताए । ‘जनताको स्वास्थ्य सुरक्षामा हामी गम्भिर छौं । मुख्यतः जेष्ठ नागरिक, महिला तथा बालवालिकाको स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेका छौं ।’ वडा अध्यक्ष लामाले भने ।
साविक वडा नं. १ देखि वडा नं. ९ सम्म स्वास्थ्य शिविर नै सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।
यस्तो छ शिविर तालिका
२०७९/१२/३ गते श्री कालिदेवी प्रा.वि सिङ्गटी सविक वडा नं. ९ २०७९/१२/४ गते श्री माहांकाल आ.वि पकुवाल साविक वडा नं. १ २०८९/१२/५ गते तल्लो छाप साविक वडा नं. ६र ७
२०७९/१२/६ गते श्री सुनाकन्या प्र. वि माथिल्लो छाप वडा नं. ८
२०७९/१२/७ गते ठूलोपर्सेल स्वास्थ्य चौकी साविक वडा नं. २, ३, ४ र ५
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।