काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा ३ दिने टिबटेन धुप बनाउने तालिम सम्पन्न भएको छ । गाउँपालिकाको एघारौं अधिवेशनबाट स्वीकृत योजना अनुसार वडा कार्यालयको आयोजना सो तालिम सम्पन्न भएको हो ।

फागुन २९, ३० र ३१ गते सम्पन्न कार्यक्रमको उद्घाटन वडा अध्यक्ष चन्द्रबहादुर लामाले एक समारोहका बीच गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष लामाले बौद्ध धर्ममा प्रयोग हुने धुप तालिम निक्कै अर्थपूर्ण रहेको बताउँदै आर्थिक आत्मनिर्भर हुनेमा तालिमले सहयोग हुने बताए । लामाले तालिम लिएपछि व्यबहारमा उतार्न सहभागीहरुलाई अनुरोध समेत गरे ।

कार्यक्रममा वडा सदस्य तथा जिल्ला समन्वय समिति सदस्य रस्मिता भण्डारी, गाउँपालिका कार्यपालिका सदस्य छ्योइसाङ लामा, वडा सदस्य कान्छा लामा, वडा सचिव पवन ओली लगायतका सहभागी थियो ।

तालिमको लागि वडामा रहेको विभिन्न कृषक समूहबाट ५० जना कृषकहरुको सहभागी थियो ।
Comments