काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको दुई वटा वडामा रहेको ४७ वर्षदेखिको लापूर्जाको समस्या समाधान हुने भएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलको सक्रियतासँगै यो समस्याको समाधान हुने निश्चित भएको हो ।
२०३३ सालमा विवादका कारण लालपूर्जा वितरण भएको थिएन । जिल्ला मालपोत कार्यालय काभ्रेले गाउँपालिकाको दुई वटा वडामा बर्षैदेखि समस्यामा रहेको लालपूर्जा समाधानका लागि काम थालेको छ । लालपूर्जा वितरणका लागि जिल्ला नापी कार्यालयले दुई वटा वडाको लिखत आवश्यक भएको बताएपछि जिल्ला मालपोत कार्यालयले लिखत श्रेष्ता उतार्न सुरु गरेको छ । बुधबारबाटै मालपोत कार्यालयले काम थालिएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले जानकारी दिए ।
प्रमुख मालपोत अधिकृत ऋषि कुमार दाहालले २०३६ सालदेखिको लिखत उतार्ने काम थालेको छ । २०३६ साल यता कम्तिमा १ करोड ५ लाख रहेको अनुमान गरिएको छ । ती लिखतबाट भुम्लु गाउँपालिकाको वडा नम्बर ७ फलाँटे र वडा नम्बर ८ भुम्लुटारको लिखत एक ठाउँमा निकालिनेछ ।
यसअघि फागुन २५ गते गाउँपालिकाका अध्यक्ष भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङको टोली जिल्ला मालपोत कार्यालयमा आएर लिखत उतार्ने विषयमा विस्तृत छलफल गरेका थिए ।
लिखत उतार्न मालपोत कार्यालयको सिँगो टिम लागेको छ । जतिसक्दो छिटो आवश्यक लिखत उतारेर नापी कार्यालयलाई बुझाउने प्रमुख मालपोत अधिकृत दाहालले बताए ।
यी दुई वटाको समस्याका लागि फिल्डमै नापीको कार्यालय स्थापना गरेको थियो । तर त्यसबाट समस्या समाधान हुन नसकेपछि अहिले लिखत उतार्न थालिएको हो । यतिका वर्षसम्म यी दुई वटाका स्थानीयले लालपूर्जा पाएका छैन् ।
यस अघिका जनप्रतिनिधिले पहल नगरेपछि यो समस्या समाधान हुन सकेको थिएन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















