काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले किसानलाई कृषि यन्त्र र उपकरण वितरण गर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले विहिबार एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा कृषि यन्त्र र उपकरण वितरण प्रस्ताव माग गरेका छन् ।
कृषि यन्त्र र उपकरणहरु वितरण कृषि सहकारी, कृषक समूह, कृषि फर्म र व्यवसायीक कृषकहरुलाई गर्ने भएकोले आगामी चैत्र १६ गते भित्र आवदेन पेश गर्न सूचनामा भनिएको छ ।
वितरण हुने यन्त्रहरमा मिनि टिलर क्षमता ७.५ HP, इलेक्टिक स्प्रेयर पम्प १६ लि. र प्लास्टिक टनेल ९० GSM, १२ मि. ६ मि. रहेको छ । आवेदनमा आवश्यक कागजातहरुमा माग निवेदन १ थान, सम्बन्धित वडा कार्यालयको सिफारिस १ थान, नागरिकताको प्रतिलिपी १ थान, २०७९/८० को मालपोत तिरेको रसिदको प्रतिलिपी १ थान, कम्तीमा ३ रोपनी लालपुर्जाको प्रतिलिपी÷लिजमा भए सम्झौता पत्रको प्रतिलिपी १ थान, यान्त्रीकरणको तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपी १ थान, कृषि सहकारी कृषक समूह कृषि फर्मका लागी थप कृषि सहकारी, कृषक समूह, कृषि फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी १ थान, स्थायी लेखा नं. (प्यान नं.) को प्रतिलिपी १ थान, आ.व. २०७८/०७९ को कर चुक्ताको प्रतिलिपी १ थान रहेको छ ।
गाउँपालिकाले कृषिमा यान्त्रिकरणको लक्ष लिएको बताइएको छ ।
Comments