काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तेमाल सिं तामाङले सुत्केरी आमालाई रकम वितरण गरेका छन् । वडा भित्रका सुत्केरी आमाहरुलाई वडाध्यक्ष तामाङले शुक्रबार वितरण गरेका हुन् ।
आर्थिक वर्ष २०७९÷०८० को योजना अनुसार आमा तथा बच्चा स्याहारसुसारको लागि २५ सय रुपैयाँ रकम वितरण गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिए । आमा र बच्चाको स्वास्थ्य सुरक्षाको लागि प्रोत्साहन स्वरुप यो रकम वितरण गरिएको उनले बताए ।
उनका अनुसार वडा नं. ८ मा मिना रायमाझी, ठूली माया तामाङ, सुनिता मोक्तान (दोङ), सबिना परियार, सुमित्रा बि.क. र याङरी तामाङ गरि ६ जनालाई रकम वितरण गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























