नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ, काभ्रेको नवौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा शुम्भुप्रसाद अधिकारी सहित ३२ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनलेले महिला उपाध्यक्षमा रुपा थापा, उपाध्यक्षमा प्रेम कृष्ण श्रेष्ठ, सचिवमा दिल कुमार मोक्तान, अर्थ सचिवमा सिताराम लामा, महिला सहसचिवमा फुल कुमारी लामा, सहसचिवमा मेघनाथ तिमल्सिना, अर्थ सचिवमा महेश्वरी थापा, समावेशी सहसचिवमा राम प्रसाद चौलागाई र नवराज लामा रहेका छन ।

सदस्यहरुमा दिनानाथ ढुङ्गाना, पञ्च सिंह लामा, माया देवी श्रेष्ठ, भिमलाल लामा, दुर्गा गौतम, सिता कडेल, पूणर् दास श्रेष्ठ रहेका छन् ।

त्यसैगरि संघीय तथा प्रदेश प्रतिनिधिहरु समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिहरुमा उद्धव प्रसाद चौलागाई, पशुपति सिलवाल, रुपेश लामा, राम बहादुर घ्यावा, प्रतिभा खतिवडा, शिव प्रसाद ढुङ्गाना, हरि प्रिया रेग्मी, सम्झना पाण्डे रहेका छन् । त्यसैगरि संघीय प्रतिनिधिहरुमा राजेश राज महत, किशोर अधिकारी, हिरा बहादुर लामा, राज कुमार आचार्य, गोविन्द प्रसाद शर्मा, सानु मौया कट्टेल, विश्वतारा तिमल्सिना रहेका छन् ।

Comments

comments