काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका किसानले कफिमा प्रतिकेजी ३५ रुपैयाँ अनुदान पाउन थालेको छ । गाउँपालिकाको ‘जसको उत्पादन उसैलाई अनुदान’ भन्ने योजना अनुरुप किसानहरुले अनुदान पाउन थालेको हो ।

गाउँपालिका भित्र उत्पादन बढाउने र जनतालाई आर्थिक आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०७९।०८० मा ‘जसको उत्पादन उसैलाई अनुदान’को योजना अघि सारेको थियो ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँपालिकामा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न किसानलाई उत्पादनमा प्रोत्साहन दिन यो कार्यक्रम अघि सारेको बताए । खानीखोलालाई खाद्यान्न, मासुजन्य र अन्य बस्तुमा आत्मनिर्भर बनाउन र आयातलाई शुन्यमा झार्ने र निर्यातको शुरुवात गर्न पनि यो कार्यक्रम ल्याएको अध्यक्ष थिङले बताए ।

पालिकाको वडा नं. १ र २ का कफि किसानहरुलाई अनुदान दिन शुरु गरिएको उनले जानकारी दिए । प्रत्येक वडामा पुगेर कफि तौलिने र सोही अनुसार किसानलाई अनुदान दिने बताइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।