वागतमी प्रदेशका पूर्व खेलकुद मन्त्री तथा माओवादी केन्द्रका सांसदीय दलका सचेतक रत्न ढकालद्वारा जिल्ला खेलकुद विकास समिति काभ्रेको भवन शिलान्यास गरेका छन् । आइतबार एक कार्यक्रमका बीच पूर्व मन्त्री ढकालले भवनको शिलान्यास गरिएको हुन् ।
समितिको भवन बनेपा नगरपालिका वडा नम्बर ६ बुडोललमा निर्माण हुन लागेको हो । यो वर्ष १ करोड बराबरको काम हुने जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानबीर वाईबाले जानकारी दिए ।
भवन शिन्यालय कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री ढकालले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्माण पक्षलाई आग्रह गरे । ‘भवन निर्माणपछि काभ्रेली खेलकुदको क्षेत्रलाई अझ संस्थागत गर्दै लैजान मद्दत पुग्नेछ । खेलाडी र खेल क्षेत्रलाई हौसला पनि प्रदान गर्नेछ ।’ ढकालले भने, ‘भवन तोकिएको समयमा सम्पन्न होस् । गुणस्तरीय सामग्रीको प्रयोग होस् ।’
जिल्ला खेलकुद विकास समितिले भाडाको घरमा बस्दै आएको छ । जिल्ला खेलकुद विकास समितिको भवन निर्माण सुरु हुनुले काभ्रेली खेलकुदको क्षेत्रमा नयाँ आयाम थपिएको अध्यक्ष वाईबाले बताए ।
भवन शिलान्यास कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिब सुर्यलाल भण्डारी, बनेपा वडा नम्बर ६ का अध्यक्ष सचितानन्द केसी, युवा नेता भेषराज शाह लगायत खेल क्षेत्रमा आबद्ध ब्यक्तिहरु सहभागि थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।