काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले गाउँपालिका भित्रका विभिन्न विद्यालयहरुको अनुगमन गरेका छन् । अनुगमन गर्ने क्रममा विहिबार वडा नं. ९ को श्री कुशेश्वर मावि, मेच्छे पौवामा पुगेका हुन् ।

अनुगमनको क्रममा अध्यक्ष तामाङ र उपाध्यक्ष थोकरले विद्यालयको भौतिक अवस्था, पठानपाठनको अवस्था, कक्षाकोठा व्यवस्थापन, लाईब्रेरी, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला लगायतका निरिक्षण गरेका थिए । सो क्रममा विद्यालयका शिक्षकहरुसँग विभिन्न विषयमा कुराकानी समेत गरेका थिए ।

अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष तामाङले आगामी शैक्षिक सत्रदेखि गुणस्तरीय शिक्षाको लागि आवश्यक व्यवस्थापनको लागि शिक्षकहरुको रायसुझाव लिएका थिए । तामाङले विद्यालय शिक्षामा शिक्षकहरु जिम्मेवार भएर लाग्न समेत निर्देशन दिए ।

त्यसैगरि उपाध्यक्ष थोकरले शिक्षालाई गाउँपालिकाले उच्च महत्वका साथ हेरिरहेको बताउँदै शिक्षाको सवालमा कसैसँग सम्झौता नगर्ने बताए । गुणस्तरीय शिक्षा आफ्नो सपना भएको बताउँदै यसको लागि स्थानीय सरकार, शिक्षक, अभिभावक र विद्यार्थी गम्भिर हुनुपर्नेमा उनले जोड दिए ।
अनुगमनको लागि सामाजिक विकास संयोजक, वडा नं. ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङ, वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकाल, शिक्षा शाखाका कृष्णराम घिमिरे र भिम लामा लगायतका सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























