नेपाली काँग्रेस निटक युवा संगठन नेपाल तरुण दल काभ्रेले पूर्णता पाएको छ । शनिबार सम्पन्न भेलाले पूर्णता पाएको हो ।

यस अघि सुजन लामालाई जिल्ला सभापति घोषणा गरिएको थियो । भेलाले पदाधिकारी सहित ४५ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरेको छ ।

पार्टीको केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सांसद डा. आरुजु देउवा राणाको प्रमुख आतिथ्यतामा तरुण भेला सम्पन्न भएको थियो । भेलाले जिल्ला उपसभापतिमा सचेत दुवाल र विजेन रञ्जितलाई चयन गरेको छ भने सचिबमा सुरज तिमिल्सना र स्मारिका तामाङलाई चयन गरेको छ ।

त्यसैगरि सह–सचिबमा राजेश जिम्बा, देव सिं लामा सुदिप अर्याल र मिलन लामा चयन भएका छन् भने कोषाध्यक्षमा रामशरण पराजुली चयन भएका छन् ।

यसैबीच भेलाले तरुण दलको काभ्रे प्रतिनिधि सभा १ को सभापतिमा राज लामा, प्रदेश १ का सभापतिमा राम लामा र प्रदेश २ को सभापतिमा निर्मल लामालाई चयन गरेको छ ।

त्यस्तै प्रतिनिधि सभा २ को सभापतिमा राजु लामा, प्रदेश १ को सभापतिमा मिलन श्रेष्ठ र प्रदेश २ को सभापतिमा नहकुल केसी चयन भएका छन् ।

भेलाले जिल्लाको १३ वाटै पालिकामा तरुण दलको सभापति समेत तोकेको तरुण दलले जनाएको छ ।  बनेपामा विबेक ब्यन्जु, धलिखेलमा छिरिङ लामा, पनौतीमा सुवास कार्की, पाँचखलमा विकाश लामा, नमोबुद्धमा दिपेश लामा, भुम्लोमा सुलभ पहरी, रोशीमा रमेश लामा, तेमालमा रोशन लामा, खानिखोलामा प्रकाश जिम्बा, महाभारतमा सरोज लामा, चौरीदेउरालीमा माईला लामा, र बेथनचोकमा आइते लामा सभापतिमा चयन भएका छन् ।

Comments

comments