काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ४ स्थित माहुरेमा खानेपानीको उद्घाटन भएको छ । शनिबार एक कार्यक्रमका बीच प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न ढकालले खानेपानीको उद्घाटन गरेका हुन् ।
मन्जुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनमा उदघाटन कार्यक्रम भएको थियो । सो क्रममा खानेपानी मुहान र खानेपानी धाराको समेत अवलोकन गरेका थिए ।
उद्घाटन कार्यक्रममा तेमाल गाउँपालिकाको उपाध्यक्ष दलमान थोकर (डिएम) समेतको सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















