काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर (डिएम)ले गाउँपालिका भित्रका विभिन्न दिर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गर्ने बताएका छन् । सोमबार गाउँपालिकाको आयोजनामा वडा नं. ९ मा सम्पन्न नसर्ने रोग सम्बन्धी क्यान्सर, दम, सुगर सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थोकरले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै थोकरले जनताको स्वास्थ्यलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँदै गाउँपालिका भरि जनताको स्वास्थ्य अवस्था बुझ्न शिविरहरु सञ्चालन गरेको बताए । ‘हामी जनताको स्वास्थ्य प्रति गम्भिर छौं । त्यसैले पालिका भित्रका जनताको स्वास्थ्य अवस्था बुझ्न गाउँपालिका भरि नै विभिन्न प्रकारको शिविरहरु सञ्चालन गरेका छौं ।’ उनले भने, ‘यसबाट गाउँपालिकाले जनस्वास्थ्य नीति निर्माण गर्न सहज हुनेमा हामीले विश्वास लिएका छौं ।’
यसैबीच वडा नं. ९ र ८ मा विशेषतः नसर्ने रोगहरुबाट धेरै मात्रामा पिडित रहेको तथ्यांक पाएको बताउँदै सुगर र प्रेसर रोगको बारेमा जनतास्तरबाटै यसकोबारेमा ज्ञान हुन आवश्यकता रहेको बताए । ‘यो वडामा नसर्ने रोगहरु जस्तै सुगर र प्रेसर रोगीहरुको संख्या निक्कै भेटिएको छ । त्यसैले आज यसकोबारेमा जानकारी दिन हामी यहाँ सहभागी भएका छौं ।’ उपाध्यक्ष थोकरले भने, ‘अब प्रेसर र सुगरको औषधि निःशुल्क रुपमा गाउँपालिकाबाट वितरण गरिने प्रतिबद्धता जाहेर गरे ।’
कार्यक्रममा वडा अध्यक्ष चन्द्रबहादुर लामाले नसर्ने रोगहरुकोबारेमा जानकारी लिएर व्यवबहारमा लागु गर्न अनुरोध गरे । खानपिन र दैनिक रुपमा पछ्याउनुपर्ने स्वास्थ्य अनुशासनलाई पालना गर्न समेत वडा अध्यक्ष लमाले सहभागीहरुलाई अनुरोध गरे ।
कार्यक्रममा मेथिनकोट अस्पतालका डाक्टर, तेमाल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले नसर्ने रोगहरुकोबारेमा शिक्षामुलक जानकारी दिएका थिए । कार्यक्रममा वडा नं. ८ र ९ का स्थानीयहरुको सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।