काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा रहेका सहकारी संस्थाहरुको सञ्चालक र व्यवस्थापकहरुलाई क्षमता अभिबृद्धि तथा लेखा व्यवस्थापकन तालिम दिएको छ । चैत्र ११, १२ र १३ गते गरि ३ दिने ‘पालिका स्तरीय सहकारी संस्थाका सञ्चालक तथा ब्यबस्थापकहरुको क्षमता अभिबृद्धी तथा लेखा ब्यबस्थापन तालिम’ सम्पन्न भएको हो ।

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रमको सभापतित्व समन्वय समितिका संयोजक एवं वडा नं. ३का वडा अध्यक्ष चित्र प्रसाद चौलागाईंले गरेका थिए ।

प्रशिक्षणमा जिल्ला सहकारी संघका अध्यक्ष शर्मा, नेसनल कोप सलुसनका कार्यकारी अधिकृत बिबेक राज ठकुरी र कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था लि का अध्यक्ष लक्ष्मण गौतमले प्रस्तुतिकरण गरेका थिए ।

गाउँपालिका भित्रका सहकारीका समस्याहरु पहिचान गर्दै समाधानको उपायहरु स्पष्ट पार्दै सहकारीका सिद्धान्त र ब्यबहारमा एकरुपता ल्याउनुपर्ने जिकिर गरियो। साथै सहकारीका सन्चालक, ब्यबस्थापक लगाएत कर्मचारीमा प्रभाकारी सन्चार हुनुपर्ने, एकता, एकीकरण हुँदै चौरीदेउरालिमा ठुला र बलिया संस्थाहरु सन्चालनमा आएमा सहकारीको छविमा समेत सुधार हुने विषय उजागर गर्दै, सहकारीमा बित्तीय अनुशासन, लेखाको सिद्धान्त र ब्यबहारिक रुपमै तालिम प्रदान गरिएको थियो ।

कार्यक्रममा चौरीदेउराली गाउपालिका सहकारी ऐन २०७५, चौरीदेउराली गाउपालिका सहकारी नियमावली २०७९ छपाई गरि सबै सहभागीहरुलाई वितरण समेत गरिएको थियो ।
सो कार्यक्रममा १९ वटा सहकारी संस्थाहरुबाट ७० सन्चालक तथा ब्यबस्थापकहरुको सहभागिता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।