काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले आगोजन्य सामाग्रीहरुको अत्यावश्यक कामकाज बाहेक अन्य कामकाजमा प्रयोग नगर्न तेमालबासीलाई अपिल गरेका छन् । गाउँपलिाकाको विभिन्न क्षेत्रमा आगलागी भएपछि अध्यक्ष तामाङले यस्तो अपिल गरेका हुन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष तामाङले भनेका छन्, ‘तेमाल गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा रहेका सामुदायिक÷निजी वन पाखाहरुमा सुख्खा मौसमका कारण अनियन्त्रित रुपमा आगलागी फैलिरहेकोले उक्त वन क्षेत्र आसपासका घरबस्तीहरुमा समेत धनजनको क्षति हुने सम्भावना रहेको हुँदा उक्त क्षेत्र तथा अन्य क्षेत्रका जनसमुदायहरु समेत सचेत रहन र आगोजन्य सामाग्रीहरुको अत्यावश्यक कामकाज बाहेक अन्य कामकाजमा प्रयोग नगर्नु नगराउनु हुन हार्दिक अपिल गर्दछु ।’

आगलागीबाट सबैभन्दा बढी क्षति पुगेका वडा नं. ५ मा आगलागी नियन्त्रणमा लिनका लागि गाउँपालिका अध्यक्ष तामाङ आफै लागेका थिए । सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र कर्मचारीहरुको सक्रियतामा आगो नियन्त्रणमा लिन सफल भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।