काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा चैत्र १३ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको सो कार्यक्रम विहिबार सम्पन्न भएको हो ।

‘सुशासन सहितको विकास आजको आबश्यकता, समृद्ध तेमालका लागि युवा सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन भएको सो कार्यक्रममा तेमाल गाउँपालिका भित्रका विभिन्न युवा क्लबहरुबाट युवाहरु सहभागी थियो ।

कार्यक्रमको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम प्रमुख अतिथिको रुपमा सहभागी थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गौतमले संसार युवाहरुको भएको चर्चा गरे । मुलुकको भविष्य युवाहरुको हातमा रहेको बताउँदै राजनीतिमा युवाहरुको भूमिका अहम रहेको बताए ।

त्यसैगरि गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले कार्यक्रम अत्यन्त राम्रो भएको चर्चा गर्दै सबै युवाहरुले राज्य सञ्चालन विधि र महत्वको बारेमा बुझ्नुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दलमान थोकरले गाउँपालिकाले लिएको निती तथा कार्यक्रम र बजेटको बारेमा युवाहरुलाई जानकारी दिएका थिए ।

सामाजिक बिकास संयोजक एवं गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङले स्वागत गरेको सो कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रस्मिता भण्डारी, वडा नं. ५ का वडा अध्यक्ष हजारसिं लामा, प्रमुम प्रशासकिय अधिकृत केदार ढकाल, गाउँकार्यपालिका सदस्यहरु, विभिन्न शाखाका कर्मचारीहरुको सहभागी थियो ।

युवाहरुले नमुना युवा गाउँसभाको अभ्यास गरेको थियो । युवा गाउँसभाको अध्यक्षमा मन्जरी माया तामा र उपाध्यक्ष सुदिप श्रेष्ठले नमुना युवा गाउँसभा विधिवत रुपमा सञ्चालन गरेका थिए भने गाउँसभाका सदस्यहरुले आ–आफ्नो मत राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।