माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ तेमाल आउने भएको छ । शनिबार वडा नम्बर ८ टेकानपुरमा जनस्तरबाट निर्मित उगेन पेज्युङ डुप्देलिङ गुम्बा उद्घाटन गर्न श्रेष्ठ तेमाल आउने भएको हो ।

आज (शुक्रबार) कोन्छोक चिदुइ ल्हेज्याङ डुब्सी गर्ने गरिने र शनिवार बिहान ७ बजेदेखि ह्राब्ने पुजा हुने गुम्बा र ब्यवस्थापन समितिका अध्यक्ष जगतमान दोङले जानकारी जानकारी दिए । श्याल्पा तेन्जिन रिम्पोछेबाट ह्राब्ने तथा वाङ दिने आयोजकले जनाएको छ ।

उद्घाटन र पूजाको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।