बनेपा । भुजेल समाज सेवा समिति जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्ला अधिवेशन तथा भुजेल समुदायबाट निर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम आज शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम जिल्ला अध्यक्ष प्रेम बहादुर भुजेलको अध्यक्षतामा र केन्द्रिय सचीव रामगोपाल भुजेलको प्रमुख आतिथ्यता र बागमती प्रदेश संयोजक ज्ञान बहादुर भुजेलको विशेष आतिथ्यता सम्पन भएको थियो ।
अधिवेशनले सुरेश भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा उतम भुजेल, सचीवमा डिल बहादुर भुजेल, कोषाध्यक्षमा शम्भु भुजेल, सह –सचीव बिमल भुजेल त्यसै गरि सदस्यहरुमा कल्पना भुजेल, राजेश्वरी भुजेल, रोशनी भुजेल, ओम कुमारी भुजेल, सरस्वती भुजेल, सुमित्रा भुजेल, जीवन भुजेल, लक्ष्मण हरि भुजेल सहित १३ सदस्यीय गरि थप २ सदस्य पछि थप्ने गरि सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी कार्यक्रममा भुजेल समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई भुजेल समाज सेवा समितिले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा धुलिखेलका सुमित्रा भुजेल , बनेपाबाट बिक्रम भुजेल, गुणराम भुजेल पाँचखालका सुरेश भुजेल , र भुम्लुका भरत बहादुर शिबभक्तीलाई सम्मान गरिएको थियो ।

Comments

comments