काठमाडौं । नेपाली सांगीतिकको आकाशमा उत्कृष्ट गीतहरु आउनेक्रममा अर्को ‘सारा संसार एकातर्फी’ बोलको गीत बजारमा सार्वजनिक भएको छ ।
चर्चित गजलकार तथा लोक दोहोरी गायक थानेश्वर गौतम र गायिका निशा केसीको सुमधुर स्वरमा रहेका छन् ।
गीतको भिडियोको निर्देशन सिर्जन बराल ‘ऋषि’ ले गरेका छन् भने भिडियोमा चिरन्जिवी सापकोटा, रोशनी कार्की, विकास खनाल, प्रिन्स सिङ ठकुरी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।
प्रभा बर्तौलाको शब्द तथा गायक गौतमकै संगीत रहेको उक्त गीतमा अष्ट्रेलियामा रहेर निरन्तर नेपाली लोक गीत संगीतलाई निरन्तरता दिइरहेकि गायिका निशा केसीको सुमधुर स्वर रहेको छ ।
मुटुमा खिल बस्यो, चरी बनभरी, पानपाते फुलि जस्ता चर्चित गीत लगायत अन्य धेरै गीतमा गायिका केसीले स्वर दिइसकेको छ ।
भिडियो हेर्नुस् ।