७७ जिल्लामा काभ्रे जिल्ला सहकारी संघ लिमिटेड सर्वोत्कृष्ट घोषित भएको छ । ६६ औँ राष्ट्रिय सहकारी दिवसको अबसरमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले प्रत्येक बर्ष प्रदान गर्ने राष्ट्रिय पुरस्कार सहित जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोक सर्वोत्कृष्ट घोषित भएको हो ।
सर्वोत्कृष्ट राष्ट्रिय पुरस्कारबाट चुनौतीहरु उर्जा प्राप्त भएको अध्यक्ष दिलिप शर्माले बताए । ‘अझै धेरै छन् तर पनि काम गर्ने हौसला थपिएको छ । चुनौतिसँग जुध्ने छु । असल, इमान्दारिता, साथ, सहयोग अनि जिल्ला बासी सहकारी अभियानका साथिहरुको माया र ममता अनि आशालाइ अझ उचाइमा लाने प्रण गर्दछु ।’ उनले भने, ‘समय थोरै थियो लागियो स्वच्छ मनले अनि सफल भएको अनुभूति हुन्छ ।’
अध्यक्ष शर्माले पुरस्कार प्राप्त गर्न संघमा रहेका आफ्नो टिमका साथिहरुको सहयोग, उर्जा, अनि भरोसा सधै कायम रहे, विभिन्न उप समितिहरुको सहयोग उत्तिकै सह्रानिय रहेको बताए । ‘कर्मचारी साथिहरुको दिनरातको मेहेनत त्यसै छ र त जिल्लालाई उत्कृष्ट बनाउन सफल भैएको छ । यो गौरबको बिषय नै हो । हामिले अझै धेरै गर्नुछ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























