आयल निगम नाफामा भएपनि फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि, नयाँ मुल्य कति ?

नेपाल आयल निगमले पेट्रोल‚ डिजेललगायत इन्धनको भाउ घटाएको छ भने खाना पकाउने ग्यासको भाउ भने यथावत् राखेको छ।

भारतीय आयल कर्पोरेशन (आइओसी) ले मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको केही दिनपछि निगमले इन्धनको भाउ घटाउने निर्णय गरेको हो।

निगमले प्रतिलिटर डिजेल‚ मट्टितेल र हवाई इन्धनमा १० रूपैयाँ र पेट्रोलमा ३ रूपैयाँ भाउ घटाएको छ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ प्रतिलिटर १० रूपैयाँ र पेट्रोलको भाउ प्रतिलिटर ३ रूपैयाँले घटाउने निर्णय गरेको हो।

भाउ घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रूपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रूपैयाँ कायम भएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।