काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ मा रहेको धार्मिक स्थलहरुमा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरको नेतृत्वमा लुङता चढाउने काम सम्पन्न भएको छ ।
गत चैत्र १४ गते भिषण आगलागीबाट गुरु रेम्बोर्छेले तपस्या गरेको स्थान गेलुङ पहारा र तोम्सुम कुण्डामा रहेको लुङता र दज्र्यु नष्ट भएपछि गाउँपालिका अध्यक्ष तामाङ र थोकरको नेतृत्वमा लुङता राख्ने कार्य सम्पन्न भएको हो ।

विश्वकै बौद्धमार्गीहरुको पवित्र तिर्थास्थलको रुपमा रहेको गेलुङ पहारा र तोम्सुम कुण्डामा लुङता र दज्र्यु चढाउँदा तेमाल गाउँपालिकाको कर्तव्य भएकोले गाउँपालिकाले यो कार्य गरेको अध्यक्ष तामाङले बताए । नसोचेको ठूलो घट्नाको रुपमा आगलागी भएपछि पवित्र धार्मिक स्थलमा ठूलो क्षति पुगेकोले अब गाउँपालिकाले गम्भिर रुपमा लिएको उनको भनाई छ ।

तेमालको आर्थिक विकासको लागि महत्वपूर्ण स्थलको रुपमा रहेको पवित्र धार्मिक क्षेत्रको संरक्षण गर्न गाउँपालिकाले थालनी गरेको उपाध्यक्ष थोकरले बताए ।

लुङता चढाउन वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, वडा नं. ५ का वडा अध्यक्ष हजारसिं लामा, प्रम्ख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमु्ख शिवहरि पाठक लगायत विभिन्न विषयगत शाखाका प्रम्ख तथा कर्मचारीहरु सो स्थानमा पुगेका थिए ।
यस अघि आगलागी नियन्त्रणमा लिन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सो क्षेत्रमा पुगेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















