काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले संझौता गर्न बाँकी रहेका योजनाहरु चैत्र मसान्त भित्र संझौता गर्न अनुरोध गरेको छ । आज प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले एक सूचना जारी गर्दै सबै वडालाई अनुरोध गरेका हुन् ।

ढकालले चैत्र मसान्त भित्र संझौता गर्न नआए संझौता गर्न नसकिने सूचनामा भनिएका छन् ।

सूचनामा भनिएको छः ‘तेमाल गाउँपालिका अन्तर्गत आ.व. २०७९/८० मा संञ्चालन हुने गाउँपालिका स्तरीय तथा वडा स्तरीय योजनाहरु मध्ये हालसम्म पनि केही योजनाहरु सम्झौता गर्न बाँकी भएकोले मिति २०७९ चैत्र मसान्त भित्र उक्त बाँकी योजनाहरु सम्झौता गर्नु गराउनु हुन अनुरोध छ । अन्यथा सम्झौता गर्न नसकिने व्यहोरा समेत आदेशानुसार अनुरोध छ ।’

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला