काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नरर्बन्दा निख्रे खोलामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आज नगर प्रमखु टोकबहादुर वाइबाले एक कार्यक्रमका बीच सो पुलको उद्घाटन गरेका हुन् ।

२६ लाख रुपैयाँ बजेटबाट निर्माण कार्य सम्पन्न भएको सोल पुल निर्माण भएपछि वडा नम्बर ८ र ९ का जनतालाई आवतजावत गर्न निकै सहज भएको छ । झोलुङ्गे पुल निर्माणपछि किसानलाई समेत सहज हुनेछ ।

नगरपालिकाको १० प्रतिशत जनसहभागिता रहेको छ । नगरप्रमुख वाईबाले पुल निर्माणमा सहयोग गर्ने संस्थालाई धन्यवाद दिँदै नगरपालिकाका नगरबासीको सहजताका लागि सधै साथमै रहेको बताए ।

उदघाटन कार्यक्रममा नगरउपप्रमुख विष्णुमणी नेपाल, पूर्व जनप्रतिनिधि तथा स्थानीय सहभागि भएका थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला