काठमाडौं ।नायक तथा मोडल रोशन तामाङ थिङर रोजिना तामाङले अभिनय गरेका ‘मुतिङला लानी’ र ‘एला मायासे’ बोलको दुई गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।

पर्वमन्त्री एवम् प्रतिनिधि सभाका सदस्य माननीय सुर्यमान दोङ (लालध्वज)को प्रमुख आतिथ्यतामा नेपाल चलचित्र बोर्डको हलमा चाबहिलमा एक बिशेष समारोहको आयोजना गरी बजारमा ल्याएको हो।

पारिजात नेपालको ब्यानरमा निर्माण भएको तामाङ प्रेमगीत ‘मुतिङला लानी’ नामक शब्द संगीत अर्जुन पुर्वेली,संगीत कर्साङ लामाको रहेको गीतमा संगीतकारद्वय कर्साङ लामा र गायिका जितु लोप्चनको स्वर रहेका छन्।

उक्त म्युजिक भिडियोमा डोमो ह्योल्मो, सिता तामाङ लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।
कार्यक्रमबाट विभिन्न क्षेत्रमा योगदान पुर्याएको समाजसेवी, कलाकार ,पत्रकारहरु प्रशंसा पत्र र मायाको चिनोबाट सम्मान गरिएका थिए।

त्यसैगरी ‘एला मायासे’ बोलको गीतमा पनि ‘मुतिङला लानी’ का गायक/गायिका र कलाकारहरुको अभिनय रहेको छ भने दुइटै म्युजिक भिडियोको निर्देशन विरेन तितुङले गरेका छन् । शब्द संगीत अमृत लामाको रहेको छ ।उक्त म्युजिक भिडियो छायांकन लाक्पा तामाङ र समीर तामाङ स्याङबोले गरेका छन् ।गीतको एरेञ्ज, मिक्सिङ गायक कर्साङ लामाले गरेको हो।

कार्यक्रमको विशिष्ट अतिथिा तामाङ चलचित्र संघ वाग्मती प्रदेश ३ को अध्यक्ष तथा मोडल अास्मान वाइवा, अतिथिहरुमा राष्ट्रिय संगीतकर्मी संघ रसुवाको अध्यक्ष तथा नायक दावा फिन्जो तामाङ , निर्देशक तथा निर्माता विनयक लोप्चान, निर्देशक डि.वि दोङ,नायिका श्यामु स्याङतन,लगायतका अतिथिहरुको उपस्थिति रहेको थिए।

उक्त म्युजिक विमोचन गरिसके पछि निर्देशक निमा लामा जिम्बले निर्देशित तामाङ चलचित्र ‘तिङला पुचु’ प्रदर्शन गरेका थिए ।

म्युजिक भिडियो म्हारमेन मिडियाको अफिसियल च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ।

पारिजात नेपालका अध्यक्ष गायक तथा संगीतकार कर्साङ लामाको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चारकर्मी सुदिन दोङले सञ्चालन गरेका थिए।

भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।