बाैद्व। नेपाल तामाङ कलाकार संघद्वारा आयोजित स्वर्गीय गायिका योगिता मोक्तान स्मृति सभा योगिता मोक्तान प्रतिभा पुरस्कारबाट तामाङ माैलिक सेलो गायक तथा संगीतकार बैरागी मोक्तान (शेर बहादुर मोक्तान)रु २० हजार रुपैयाँ नगदसहित सम्मान पत्रबाट सम्मानित भएको छ।

वरिष्ठ लोक सम्राट चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा नेपाल तामाङ घेदुङको सभाहल, बाैद्व चुच्चेपाटी भएको हो ।

बाल्यकाल देखि नै सांगीतिक क्षेत्रमा रुचि रहेकी मोक्तान तामाङ र नेपाली सांगीतिक क्षेत्रमा चर्चामा पुग्न सफल गायिका बुबा वीर बहादुर मोक्तान र आमा निरु कुमारी गुरुङको कोखबाट २०४० मंसिर ४ गते रसुवामा जन्मिएको गायिका मोक्तान २०६७चैत ५ गते निधन भएको थिए।

नेपाल तामाङ कलाकार संघले योगिता मोक्तानको स्मृति सभामा तामाङ समुदायमा अतुलनीय योगदान पुर्याउनु भई निधन भएको स्व. जयनन्द लामा, दिपेन्द्र दोङको फोटोमा खादा, माला अर्पण गरि स्मृति सभा मनाएको थियो।

देशमा सशस्त्र जनविद्रोह चलिरहेको बेला तत्कालीन द्वन्द्वकाल २०५८ सालमा योगिताको बुवालाई शाही नेपाली सेनाद्वारा निर्ममतापुर्वक हत्या गरेपछि स्व.योगिता मोक्तान सशस्त्र युद्धमा समेत होमिएका थिइन् ।

मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि मोक्तानले तामाङ समाजको एकदमै होनहार प्रतिभावान व्यक्तिहरू गुमाएकोमा दुख व्यक्त गर्दै उहाँहरुले छोडेर राखिएको कृति, गीत, संगीत सधैं अमर रहने साथै सधैं सम्झी रहेको बताएको छ।

योगिता मोक्तान प्रतिभा पुरस्कार गत वर्ष भने गायिका अञ्जु थोकरलाई सम्मानित गरिएको थिए।

विशेष अतिथि नेपाल तामाङ घेदुङको सह-अध्यक्ष कुमार घिसिङ, नेपाल राष्ट्रिय तामाङ घेदुङ प्रविन बल ,इन्दिरा गोले,रोज मोक्तान,प्रेम लोप्चन,जमुना योञ्जन,तामाङ कलाकार संघका सल्लाहकार सञ्जिव वाइवा,तामाङ चलचित्र संघको वाग्मती प्रदेश ३ अध्यक्ष आस्मन वाइवा,स्व. योगिता मोक्तानको परिवार, स्व. जयनन्द लामाको परिवारहरु लगायतका धेरै कलाकारहरु उपस्थिति रहेको थिए।

कार्यक्रम सघंका अध्यक्ष चर्चित गायक तथा संगीतकार विश्व दोङको सभापतित्वमा भएको कार्यक्रम संघको उपाध्यक्ष, चर्चित गायक तथा संगीतकार विशाल कल्तानले सञ्चालन गरिएका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।