काठमाण्डौं । यो देश र समाज परिवर्तन गर्नका लागि वर्ग संघर्षमा होमिएकी जनबादी गायिका कमला दोङको “जोरनाले बन्दुक पटकाउदै” बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

जनयुद्वमा लामो समय गीतसंगितमा विताएकी गायिका दोङको पछिल्लो चरण तामाङ सेलो “हेर्दैमा राम्री” बोलको गीतलाई आम दर्शकले सर्वाधिक रुचाएको गीत बने ।

गायिका दोङको “जोरनाले बन्दुक पट्काउदै” मा गायक तथा संगितकार सुसान लामाले स्वरमा साथ दिएका छन भने शब्द संगित पनि लामाकै रहेको छ । डम्फु मिडिया प्रा.लि. को अफिसियल युट्युब च्यानालबाट गीत सार्वजनिक गरेका छन ।

नेपाली सांगीतिक बजारमा सेलो संगीतको छुट्टै विशेषता छ । विशेष गरी तामाङ समुदायमा सिमित रहेको सेलो पछिल्लो चरण सबै समुदायका मानिसहरुले उत्तिकै रुचाएको कारण सेलो संगीतको व्यापकता बढ्दै गइरहेको छ ।

जनयुद्धमा जनवादी गीतहरु मात्रै गाउने गरेकी गायिका दोङ लामो समय गीत संगीतको दुनियाँबाट टाढा बसेकी थिइन । अघिल्लो समय यता उनको कमब्याक संगै उत्कृष्ट व्यवसायिक गीतहरु बजारमा ल्याइरहेकी छिन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।