नेपाली काँग्रेस काभ्रेका सभापति तथा प्रतिनिधि सभा १ (क)बाट निर्वाचित सांसद तिर्थ लामा मन्त्री बनेका छन् । आज काँग्रेसबाट लामा सहित नुवाकोटका बहादुरसिं लामा मन्त्री बनेका हुन् ।

बहादुर सिं लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ लामालाई खानेपानी तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

आजै नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

बहादुरलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ लामालाई खानेपानी तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रदेशका ११ मन्त्रालयमध्ये ४ वटामा माओवादी केन्द्रका मन्त्री छन् भने २ मन्त्रालयमा कांग्रेसका मन्त्री नियुक्त भएका छन् । यसअघि रिक्त रहेका ७ मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले आफै समाल्दै आएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।