काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउने भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले एक सूचना प्रकाशन गरेर सोको जानकारी दिएको हो ।

खोप तेमाल गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा चैत्र २८ र २९ गते सञ्चालन गरिने उनले ढकालले जानकारी दिएका छन् ।

यस्तो छ खोप दिने लक्षित समूह

  • ५५ वर्ष माथिका पहिलो बुस्टर लिन बाँकी व्यक्तिहरुलाई पहिलो बुस्टर खोप लगाउने ।

  • साथै स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दिर्घ रोग भएका व्यक्तिहरु, गर्भवतीहरु र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई लगाउने ।

  • माथि उल्लेखीत लक्षित समुहलाई यदी पहिलो बुस्टर लगाएर ६ महिना पुरा भएको भए दोस्रो बुस्टर खोप लगाउने ।

यस्तो छ सूचना

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला