काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा ‘बालमैत्री पूर्बाधार तथा बालबिबाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम’ सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रम उपाध्यक्ष दलमान थोकरको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले सार्वजनिक क्षेत्रमा बालमैत्री वातावरण निर्माण गर्न र बालविवाह रोक्न गाउँपालिका प्रतिबद्ध रहेको बताए । शिक्षण संस्था, स्वास्थ्य संस्था तथा गाउँपालिका मतहातका कार्यालयहरु वालमैत्री बनाएको बताउँदै उनले वालविवाह रोक्न विशेष कार्यक्रमहरु आयोजना गर्न लागेको बताए ।
यसैबीच गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष थोकरले बालमैत्री र वालविबाह रहित गाउँपालिका घोषणाको लागि तयारी गरिरहेको बताए ।
कार्यक्रममा गाउँपालिकाको प्रवक्ता तथा ७ नं. वडा अध्यक्ष इन्द्रलाल तामाङ, वडा नं. १ का वडा अध्यक्ष इन्द्र अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष हजारसिं लामा, प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, गाउँ शिक्षा समितिका सदस्य खड्काबहादुर लामा, गाउँपालिकाको कानूनी सल्लाहकार देवकुमार लामा, महिला तथा बालबलिका शाखा प्रमुख दिपा नेपाली, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षहरु, प्रधानाध्यापकहरु, जनप्रतिनिधिहरु, शिक्षकहरुको सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























