नेकपा (माओवादी केन्द्र) सम्बद्ध योङ कम्युनिष्ट लिग नेपाल र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को तेमाल गाउँपालिका स्तरीय भेला तथा संगठन तथा जनसम्बन्ध सुदृढ अभियान समापन कार्यक्रम सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले योङ कम्युनिष्ट लिग नेपालको ३५ सदस्यीय गाउँपालिका कमिटी र अनेमसंघ (क्रान्तिकारी)को २१ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।

भेलाले योङ कम्युनिष्ट लिग नेपाल तेमाल गाउँपालिका कमिटीको अध्यक्षमा एक्का लामा, उपाध्यक्षहरु सुशन लामा, रामबहादुर तामाङ, रोजबहादुर तामाङ, सचिवमा निङमार तामाङ (आक्रोश), सह–सचिवमा नियती तामाङ, सम्बरबहादुर तामाङ कोषाध्यक्ष चित्र तामाङ निर्विरोध निर्वाचित गरेको छ ।

यसैबीच योङ कम्युनिष्ट लिग नेपाल तेमाल गाउँपालिका कमिटीको सदस्यहरुमा प्रकाश रानामगर, मरिचमान तामाङ, समिर तामाङ, आकास तामाङ, राजु तामाङ, कमल रानामगर, नेत्रमान तामाङ, धनिक राम तामाङ, आशा श्रेष्ठ, विक्रम लामा, शेरबहादुर तामाङ, युवराज तामाङ, बृज तामाङ, हरिमाया तामाङ, सुमत्रा तामाङ, राज लामा, प्रेमबहादुर तामाङ, तेन्जिन तामाङ, रामबहादुर तामाङ, पासाङ तामाङ, शंखलाल थोकर, जीतमान थोकर, विश्व विद्या तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गाउँपालिका कमिटीको अध्यक्षमा सिर्जना रायमाझी, उपाध्यक्षमा छ्योइसाङ तामाङ, सानीमाया तामाङ, सचिवमा रमिला तामाङ, सह–सचिवमा असलीमाया तामाङ र कोषाध्यक्षमा सेती माया तामाङ निर्विरोध चयन भएका छन् । भेलाले सदस्यहरुमा विष्णुमाया तामाङ, कल्पना राय, राममाया तामाङ, सोभा तामाङ, मोहनमाया सुनुवार, म्हेन्दो तामाङ, फुलमाया तामाङ, गंगामाया तामाङ, मालती तामाङ, मञ्जुमाया तामाङ, माइली तामाङ, नियती तामाङ, निर्मला तामाङ, विष्णु तामाङ, कल्पना तामाङ चयन गरेको छ ।

कार्यक्रमको उद्घाटन माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा तेमाल गाउँपालिका कमिटीको इन्चार्ज दलमान थोकरले गरेका थिए । कार्यक्रममा योङ कम्युनिष्ट लिग नेपालका केन्द्रिय सचिव अविलास लामा, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मनिता लामा, वाइसिएलका केन्द्रिय सदस्य अनिश तामाङ, जिल्ला संयोजक लनामदोर्जे तामाङ, अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य दुधराज लामा, माओवादी केन्द्रका प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव ग्याम्जो थोकर लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

माओवादी केन्द्र गाउँपालिका कमिटीका अध्यक्ष लालध्वज तामाङ (समिर)को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन उपाध्यक्ष कल्पना तामाङले गरेको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष विलबहादुर तामाङले राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।