काभ्रे जिल्लामा खुर्पा प्रहार गरि आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार पक्राउ पर्नेमा वर्ष ५४ का विश्व बन्धु थापा रहेका छन् ।

बुधबार विहान ९ः३० बजेको समयमा पनौती नगरपालिका वडा नं. ११ बलथली बस्ने बर्ष ९४ की कान्छी माया थापालाई आफ्नै छोरा वर्ष ५४ को विश्व बन्धु थापाले खुर्पा प्रहार गरि सख्त घाइते बनाए पछि तत्काल उपचारको लागि बनेपा स्थित शिल मेमोरियल अस्पतालमा लैजादा प्रहारीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

विश्व बन्धुले आमा कान्छी मायाको टाउकोमा प्रहार गरेका थिए । खुर्पा प्रहार गरि आमाको हत्या गर्ने विश्व बन्धुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।