काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु भएको छ । महालेखा परिक्षकको ६० औँ प्रतिवेदन अनुसार जिल्लाको १३ वटा स्थानीय तह मध्ये महाभारत गाउँपालिकामा सबै भन्दा कम बेरुजु भएको हो ।
महालेखाको प्रतिवेदन अनुसार महाभारत गाउँपालिका ७ सय ५३ वटा पालिकामा कम बेरुजु पालिका मध्यमा १५ औं स्थानमा पर्न सफल भएको छ । महाभारत गाउँपालिकाको बेरुजु ०.२६ प्रतिशत मात्रै भएको देखिएको छ ।
गाउँपालिकालाई शुन्य बेरुजुमा लाने लक्ष विस्तारै सफल हुँदै गएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । ‘बेरुजु अब शुन्य बनाउने योजनामा छौं हामी ।’ अध्यक्ष जिम्बाले भने, ‘आगामी वर्षमै हामी शुन्य बेरुजु बनाउँछौं ।’ दोस्रो कार्यकालको लागि निर्वाचित भएका अध्यक्ष जिम्बा माओवादी केन्द्रको युवा नेता हुन् ।
प्रतिवेदन अनुसार जिल्लामा सबै भन्दा धेरै बेरुजु हुने पालिकामा पनौती नगरपालिका देखिएको छ । पनौती नगरपालिकाको जिल्लामै सबैभन्दा धेरै ११.२९ प्रतिशत बेरुजु छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























