काभ्रे जिल्लाको तेमाल गाउँपालिकाबाट वैशाख ०१ गते देखि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृत र पुनः श्रम स्वीकृतका लागि आवेदन दिन अपिल गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

‘वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमवाली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन मिति २०८० वैशाख ०१ गते देखि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृत र पुनः श्रम स्वीकृतका लागि यस गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्र मार्फत आवेदन गर्ने कार्य गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’ सूचनामा भनिएको छ ।

यस्तो छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।