काभ्रे जिल्लाको तेमाल गाउँपालिका जिल्लाकै कम बेरुजु हुने पालिकामा दोस्रो स्थानमा पर्न सफल भएको छ । महालेखा परिक्षकको ६० औँ प्रतिवेदन अनुसार जिल्लाको १३ वटा स्थानीय तह मध्ये तेमाल गाउँपालिका कम बेरुजु भएको दोस्रो पालिका परेको हो ।
महालेखाको प्रतिवेदन अनुसार महाभारत गाउँपालिका कम बेरुजु हुनेमा जिल्लाकै पहिलो गाउँपालिका बनेको छ । ०.२६ प्रतिशत मात्रै भएको देखिएको छ भने तेमा गाउँपालिकाको ०.७६ मात्रै बेरुजु भएको देखिएको छ ।
तेमाल गाउँपालिका यस अघि जिल्लाकै सबै भन्दा बढी बेरुजु भएको पालिकाको रुपमा रहेको थियो । पालिकामा अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्षमा दलमान थोकरले नेतृत्व गरेपछि बेरुजुमा कमी आएको छ । यसलाई निरन्तरता दिएर आगामी दिनहरुमा शुन्य बेरुजु बनाउने योजना रहेको गाउँपालिकाको प्रतिबद्धता रहेको छ ।
कुन पालिकामा कति प्रतिशत बेरुजु ?
पनौती नगरपालिका ११.२९, धुलिखेल नगरपालिका ४.३३, बेथानचोक गाउँपािलका २.८४, मण्डनदेउपुर गाउँपालिका ३.१२, महाभारत गाउँपालिका ०.२६, भुम्लु गाउँपालिका ४.०५, खानीखोला गाउँपालिका २.३३, चौंरीदेउराली गाउँपािलका १.९२, बनेपा नगरपालिका २.५, तेमाल गाउँपालिका ०.७६, रोशी गाउँपालिका १.२, पाँचखाल नगरपालिका १.४२, नमोबुद्ध नगरपालिका २.२ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।