काभ्रे जिल्ला स्थित अरनिको राजमार्गको निर्माणाधिन धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गर्न माग गरेका छन् । शुक्रबार बसेको सर्वपक्षिय बैठकले सो माग गरेको हो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले तत्काल ठेक्का रद्द गरेर द्रुत विधि मार्फत नयाँ टेन्डर आब्हान गर्न समेत माग गरेको छ ।

सो सर्वपक्षिय बैठकमा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दल, सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघनाथ मरासिनी सहित इन्जिनियर, प्रभावित क्षेत्रको वडा अध्यक्ष, पत्रकार र स्थानीय उभोक्ताहरुले सहभागि थिए ।

गौरी पार्वती निर्माण सेवा प्रा.लि.ले पाएको सो सडक खण्डको ठेक्का १० महिना बित्तिसक्दा पनि जम्मा मुस्लिकले १० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । २०७९ साल जेठ २० गते सम्झौता भएको ठेक्का २०८० साल चैत १९ गते सम्पन्न हुने भनिएको थियो ।

३० करोड ७८ लाख ७२ हजार ३८० लागत अनुमान गरिएको यो सडकमा २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा गौरी पार्वतीले ठेक्का पारेको थियो । धुलिखेलदेखि खावासम्म जम्मा ४ किलो मिटर मात्रै सडक रहेको छ ।

सडक निर्माणका क्रममा भैरहेको खाल्डोले सर्वसारधण सुरक्षित भएको, धुलिखेल–खावा सडक खण्डमा बसोबास गर्ने सर्वसाधरणको स्वास्थ्यमा असर पर्न थालेको र यो निर्माण कम्पनीबाट समयमै काम हुनेमा विश्वस्त नभएपछि ठेक्का रद्द गर्न सम्बन्धित निकायलाई जिल्लाबाट माग गरिएको जिसस प्रमुख गौतमले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।