काभ्रेको चौंरीदेउराली गाउँपालका वडा नं. ३ मा महिला तथा वालवालिकाको क्षमता अभिवृद्धि तथा सशक्तीकरण तालिम सम्पन्न भएको छ । सो तालिम कार्यक्रम आज ३ नं. वडा कार्यलयको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका चौरिदेउराली गाउँपालिकाको अध्यक्ष रेणुका चौलागाईंले समाजमा महिलालाई हरेक कुरामा सक्षम बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताए । महिला सहभागीताले मात्र चौंरीदेउरालीको समृद्धि हुने बताउँदै समाजमा रहेको लैंगिक हिंसालाई हटाउन समेत गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष चौंलागाईंले बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा ३ नं. वडा अध्यक्ष चित्र प्रसाद चौलागाईं, कार्यपालिका सदस्य तथा वडा सदस्य सुनिता चौलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक निर्मला काफ्ले तथा कार्यक्रम संचालन प्रमिला गौतमले गरेका थिए ।

कार्यक्रममा माझिफेदामा रहेका ६० जना विभिन्न महिला समूह, वालवालिकाहरुको उपस्थिति रहेको थियो कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।